Skip to main content

असहायलाई सहयोग गर्दै मनाईयो बैतडीमा चौतारीको स्थापना दिवश

Submitted by editor on
ईबिगुल संवाददाता
प्रेस चौतारी नेपाल बैतडी

बैतडी : प्रेस चौतारी नेपाल बैतडीले २६ औँ स्थापना दिवसको अवसरमा पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । १३ बर्ष अघिदेखी जिब्रोको समस्या भोग्दै आएकी डिलाशैनी गाउँपालिका–५की नन्दा भूलको निशुल्क उपचारको व्यवस्था मिलाई २ महिनाका लागि काठ्माण्डौँमा खानबस्न व्यवस्था मिलाएको छ । चौतारीले बैतडीबाट काठमाण्डौँ पुग्न गाडीभाडा उपलब्ध गराएको छ ।

१५ बर्षिय किसोरी नन्दा, जिब्रोमा समस्या आएपछि खानाखान, बोल्न र पठनपाठन गर्न नसक्ने भएकी छन् । उनको परिवारसँग उपचार गराउन खर्च नभएपछि संगठनका अध्यक्ष चन्द्र प्रकाश लोहियाको पहलमा निशुल्क उपचार हुने भएको हो । 

यसैगरी विगत ३० बर्षदेखी ओढारमा बस्दै आएका मेलौली नगरपालिका–३ का नरबहादुर चन्दलाई लुगा कपडा तथा सिरक डसनाको व्यवस्था गरिएको छ । संगठनका केन्द्रीय सदस्य लोकेश साउदको पहलमा उनलाई आवश्यक पर्ने लुगा कपडाहरु वितरण गरिएको हो । ६४ बर्षिय चन्द एकल पुरुष भएकाले ढणौन स्थीत ओढारमा बस्दै आएका थिए ।

स्थापना दिवसकै अवसर पारि प्रेस चौतारी शाखा बैतडीले सिगास गाउँपालिका ३ का भुकम्प पीडित रघुबिर सिंह साउदलाई आर्थिक सहयोग गरेको छ । २ महिना अघि भुकम्पले घर भत्काउदाँ उनको खुट्टामा गम्भीर चोट लागेको थियो भने आर्थिक अभावमा उपचार गराउन सकेका थिएनन् । 

चौतारीले कपडा बैंक बैतडीलाई सलहरु उपलब्ध गराएको छ । गरिव व्याक्तिहरुलाई निशुल्क रुपमा लुगा कपडा दिदैँ आएको कपडा बैंकलाई सलहरु वितरण गरिएको प्रेस चौतारी शाखा बैतडीले जनाएको छ । 

स्थापना दिवसको अवसरमा अन्य कार्यक्रम गर्नुभन्दा पत्रकारहरुले रिपोटिङ गर्ने क्रममा भेटिएको पीडामा परेका व्यक्तिहरुको घाउमा मलम लगाउने कोसिस गरेको जिल्ला अध्यक्ष लोहियाले बताए ।