Skip to main content

क्यानडाविरुद्धको शृङला क्लीन स्वीप, 9 विकेटले नेपालकाे जीत

Submitted by editor on
ईबिगुल संवाददाता
क्यानडाविरुद्धको शृङला क्लीन स्वीप, 9 विकेटले नेपालकाे जीत

 काठमाण्डाैं : नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो ।

नेपालका लागि अनिल र भीमले शतक प्रहार गरे। ओपनर अनिलले १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा अविजित रहे भने १२९ बल खेलेका भीम ११ चौका र १ छक्कासहित १०१ रनमा अविजित रहे।

यसअघि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए। नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो खेल ४ विकेटले जितेको थियाे ।त्यस्तै नेपालले फागुन ३ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ। 

नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग आइसीसी लिग २ को खेल खेल्नेछ। त्यसलगत्तै नामिबिया र नेदरल्यान्ड्ससँगै टी-२० सिरिज खेल्नेछ।