Skip to main content

बझाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
बझाङमा जीप दुर्घटना दुँदा एकजनाको मृत्यु, २ घाईते

बझाङ : बझाङको तलकोटबाट चैनपुर आउदै गरेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । बझाङको तल्कोट गाउँपालिकाको साईलाबगड नजिक से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

दुर्घटनामा घाईते भएकी तल्कोट १ की सुस्मिता कठायतलाई बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याइएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायत पनि घाईते भएका छन । दुुबै जनाको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार दुर्घटनामा घाइते भएकाहरु दुबै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

चालक राजेश कुमार कडाल दाँया हातमा चोट लागेको छ भने सहचालक कमल कठायतको कम्मर र बाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।