Skip to main content

आमाको सम्झनामा शिक्षक जोशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Submitted by editor on
ईबिगुल संवाददाता
kitav

धनगढी : बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–१ मा रहेको काँडा भवानी माध्यामिक विद्यालयका शिक्षक त्रिरेसप्रसाद जोशीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । आइतबार आफ्नो आमा उजादेवी जोशीको मृत्य भएको चौथो मासिक श्राद्ध तिथिमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । 

शिक्षक जोशीले सो विद्यालयमा रहेका ७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन । शैक्षिक सामग्री पाउनेमा विद्यार्थीहरुमा कक्षा–२ प्रिंका सिंह, कक्षा–४ रुवल वुढा, कक्षा–५ का रुपेश नेपाली, अनुराज सार्की, सुरेश रोकाया, कक्षा–६ शंकर रोकाया र कक्षा–८ सर्मिला रोकाया रहेका छन् । सो अवसरमा शिक्षक जोशीले कविता वाचन गर्नका साथै बालबालिकालाई अध्ययानमा ध्यान दिन सम्पूर्ण विद्यार्थी अभिभावकलाई आग्रह गरेका छन् । 

आमाको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकोमा सोही विद्यालयका प्राचार्य हिरालाल रेग्मीले धन्यावाद दिनुका साथै विद्यर्थी शैक्षिक सही सदुपयोग गर्न आग्रह गरेका थिए ।   शिक्षक जोशीको घर खप्तड छान्ना गाउँपालिका–४ नेटकाटिया हो । जोशी ३ दाजु भाई मध्यका कान्छा भाई हुन ।