Skip to main content

एमाले कैलालीको निर्वाचन प्रकृया बुधबार ८ बजेसम्मका लागि स्थगित

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा एमाले

सुखड (कैलाली) : नेकपा एमाले कैलालीको निर्वाचन प्रकृया बुधबार विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । सदस्य र पदाधीकारीको उमेदवारी शुल्क बढी भएको, केही प्रतिनिधि दोहोरो रुपमा आएको, पार्टीका संगठित सदस्य नभएकाहरु प्रतिनिधि बनेर आएका विषयमा विवाद हुँदा निवार्चन प्रकृया पर धकेलिएको हो ।

मंगलबार बेलुकी निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । मतदाताको अन्तिम नामावली, उमेदवारी र दाबीविरोधका सबै कार्यक्रम मंगलबार नै सकेर बुधबार विहान १० बजे देखि २ बजेसम्म मतदान हुने तालिका सार्वजनिक भएको थियो । 

सहमतिका नाममा हुने ढिलासुस्तीलाई मध्यनजर गर्दै पार्टीले फागुनको ३ गते नै पदाधीकारीका आकांक्षीहरुबाट ईच्छापत्र माग गरेको थियो । तर त्यो इच्छापत्र दिईएपनि अधिवेशन सुरु भएको तीन दिनसम्म निर्वाचन प्रकृया सुरु हुन सकेको छैन । 

अधिवेशन उद्घाटनको तेस्रो दिन नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीको प्यानलले भने उम्मेदवारी घोषणा गरेको छ । यो सँगै नेकपा एमाले कैलालीमा तीन वटा प्यानलमा चुनाव हुने देखिएको छ ।

सहमति भए जोशीको पक्षमा गर्ने भएन भने जोशीले अर्का उमेदवार डेजी पाण्डेलाई समर्थन गर्ने हल्ला चलेपनि, अन्ततः जोशीले पदाधीकारीको प्यानल सहित उमेदवारी घोषणा गरेका हुुन । जोशीको प्यानलमा उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा (चित्रण), उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशी रहेका छन । जोशी नेकपा एमाले कैलालीका कार्यबहाक अध्यक्ष हुन् । 

यसैगरी बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल घोषणा भएको छैन । यी दुुई युवा नेता पनि प्यानल सहित चुनावमा जाने मुडमा देखिएका छन । फागुन ६ गते पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच कैलाली जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।