Skip to main content

नेकपा एमाले कैलालीको अधिवेशन : छैटौ दिनमा मतदान सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
मतदान सुरु

सुखड (कैलाली) : नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला अधिवेशनमा केही बेरअघि देखि मतदान सुरु भएको छ । छैटौं दिनमा मतदान सुरु भएको हो । निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधन गरेको थियो । शु्क्रबार विहान साढे ८ बजेबाट मतदान सुरु भएको हो । सुखडको घोडाघोडी क्याम्पस परिषर बाहिर प्रतिनिधिहरु लाईन लागेका छन । 

एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुने भएको हो ।  

कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।
सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।