Skip to main content

एमाले कैलालीको अधिवेशन : ९८ प्रतिसत मतदान, राती ११ बजेदेखि मतगणना हुने

Submitted by editor on
यो मत भनेको भण्डै ९८ प्रतिसत हो । मतदानमा १४ जना मात्र अनुपस्थित रहे ।
ईबिगुल संवाददाता
निर्वाचनमा ५७७ मत खसे

सुखड (कैलाली) : नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला कमिटिको निर्वाचनमा ५७७ मत खसेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनसार ५९१ मत मध्ये ५७७ मत खसेका हुन । यो मत भनेको भण्डै ९८ प्रतिसत हो । मतदानमा १४ जना मात्र अनुपस्थित रहे ।

केहीबेर अघि निर्वाचन सकिएको र ५९१ मत मध्ये ५७७ मत खसेको मुख्य निर्वाचन अधिकृत मान बहादुर जोराले जानकारी दिए । उनले सुखडमै राती ११ बजेदेखि मतगणना हुने बताए । ‘अध्यक्ष मण्डलको राती ११ बजेदेखि सुखडमै मतगणना गर्ने निर्णय भएको छ’ मुख्य निर्वाचन अधिकृत जोराले भने । उनले पहिला पदाधीकारीको मतगणना हुने जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले २० मतदान केन्द्र बनाएएर विहान ८ः४५ बजेदेखि मतदान गराएको थियो । ‘सदस्यमा तीन मतपत्र र पदाधीकारीका लागि छुट्टै मतपत्र गरी चार वटा मतपत्रमा मन परेको उमेदवार खोज्न समय लागिकाले झण्डै १२ घण्टामा मतदान सकियो’ जोराले भने ।

नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको अन्तिम नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल नै चुनावी मैदानमा छ । 
उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन । 

उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का र भुवन रिजाल गरी चार जना उमेदवार छन । त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, गंगा कुमारी चौधरी, अम्बिका विष्ट मल्ल र शान्ति देवी सिंह गरी चार जना रहेका छन ।