Skip to main content

३९ लाख जरिवाना र साढे २४ वर्ष कैद तोकिएका ५९ जना फरार प्रतिवादी पक्राउ (सूची सहित)

Submitted by editor on
कैलालीमा प्रहरी उपरिक्षक पदम बहादुर विष्ट आएपछि फरार प्रतिवादी पक्राउ हुने क्रम बढेको छ । विष्ट फागुन ७ गते जिल्लामा हाजिर भएपछि ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन ।
शिवराज भट्ट
(सूची सहित)

धनगढी : जिल्ला प्रहरी कैलालीले एक महिनामा ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको तथ्यांक अनुसार २०८० सालको माघ १७ गते देखि फागुनको १८ गतेसम्म ५९ जना फरार प्रतिवादी पक्राउ परेका हुन ।

उनीहरुबाट ३८ लाख ९३ हजार राजश्व र साढे २४ वर्ष कैद असुल हुनेछ । राजश्व तर्फ सबैभन्दा बढी टीकापुर नगरपालिका वडा नम्बर ८ का रामबहादुर साउदले २० लाख ४७ हजार ७९७ हजार जरिवाना तिर्नुपर्ने देखिएको छ । उनी राजश्व मुद्धाका फरार प्रतिवादी हुन । उनलाई माघको २९ गते पक्राउ गरि जिल्ला अदालत कैलालीलाई बुुझाईएको छ । 

साउदपछि गोदावरी १० का पदम रावत पनि पक्राउ परेका छन । उनी बैंकिङ कसुर मुद्धामा फरार थिए । प्रहरीले उनलाई  फागन १३ पक्राउ गरेको हो । ४ वर्ष कैद सुनाइएपनि फरार रहेका पप्पु भनिने जाहिर खान पनि पक्राउ परेका छन । उनी लागुऔषध मुद्धाका फरार प्रतिवादी हुन । लम्की चुहा नगरपालिका १ का भुपेश भनिने शिशिर थापा पनि पक्राउ परेका छन । उनलाई लागुऔषध मुद्धामा ९ वर्ष ९ महिना २२ दिन कैद र एक लाख जरिवाना तोकिएको थियो । 

प्रहरील २२५ रुपैया जरिवाना देखि २० लाख जरिवाना सम्मका प्रतिवादी पक्राउ गरेका छ भने ३ दिनदेखि झण्डै १० वर्ष कैद सजाय सुनाईएका प्रतिवादी पक्राउ गरेको छ । 

प्रहरीले धनगढी उपमहानरभीत्रबाट २५ जना, गोदावरी नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका ७ जना, भजनी, चुरे र लम्कीका ३÷३ जना, गौरीगंगा र जानकीबाट २÷२ जना, जोशीपुर र घोडाघोडीबाट एक÷एकजना पक्राउ गरेको छ ।

अझ कैलालीमा प्रहरी उपरिक्षक पदम बहादुर विष्ट आएपछि फरार प्रतिवादी पक्राउ हुने क्रम बढेको छ । विष्ट फागुन ७ गते जिल्लामा हाजिर भएपछि ४१ जना फरार प्रतिवादी पक्राउ परेका छन । ‘पहिलो चरणमा मेरो प्रार्थमिकतामा फरार प्रतिवादी र लागुुऔषध छ । मैले यी दुुई क्षेत्रमा लाग्न विषेश निर्देशन दिएको छुु’ एसपी पदम बहादुर विष्टले भने ।