Skip to main content

यसरी चिटिक्क पारियो धनगढीको शिवपुरी धाम (फोटोफीचर)

Submitted by editor on
अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर नेपाल प्रहरी श्रीमती संघले शिवपुरी धाममा सरसफाई गरेको हो ।
शिवराज भट्ट
शिवपुरी धाममा नेपाल प्रहरी श्रीमती संघले सरसफाई गरेको छ

धनगढी : शिवरात्रीको अवसरमा धनगढीको शिवपुरी धाममा नेपाल प्रहरी श्रीमती संघले सरसफाई गरेको छ । अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर नेपाल प्रहरी श्रीमती संघले शिवपुरी धाममा सरसफाई गरेको हो ।

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक डिल्लीराज विष्टको कमाण्डमा जिल्ला प्रहरी कार्यालय कैलाली, शसस्त्र प्रहरी गण, क्षेत्रीय ट्राफिक कार्यालय सहितबाट खटिएका सैयौं प्रहरी र प्रहरीका श्रीमतीहरुले सरसफाई गरेका हुन । 

२५ गते शिवरात्री भएको र त्यसअघि मन्दिर परिषरमा कार्यक्रम नै राखेर सरसफाई गरिएको प्रहरी बरिष्ठ उपरिक्षक विष्टले बताए । धनगढी उपमहानगर पालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी धाममा शिवरात्रीका दिन ठुलो मेला लाग्ने गरेको छ ।

ब्रम्हनिष्ठ सन्त सिरोमणी लोकानन्द स्वामीको परिकल्पनाबाट शिवपुरी धाममा १०८ फिटको शिवलिंग सहित करोडौंका संरचना बनेका छन । श्रदालुहरुको दानबाट मात्रै शिवपुरी धाममा करोडौंका संरचना बनेका छन ।

शिवरात्रीका दिन अथवा फागुन २५ गते नेपाल प्रहरीको अस्पतालले शिवपुरी धाममा निशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्ने शिवपुरी उत्तर रामेश्वरम धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देब प्रसाद भट्टले जानकारी दिएका छन ।