Skip to main content

एनपीएलको दोस्रो संस्करण : मंसिर १ देखि २७ सम्म

Submitted by editor on
ईबिगुल संवाददाता
एनपीएल

धनगढी, : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो मंसिर १ (नोभेम्बर १७) गतेदेखि हुने भएको छ । एनपीएलले आफ्नो दोस्रो संस्करणबारे बिहीबार सामाजिक सञ्जाल मार्फत् जानकारी दिएको छ ।

जस अनुसार प्रतियोगिता मंसिर १ देखि २७  (नोभेम्बर १७ देखि डिसेम्बर १३) सम्म हुने बताइएको छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो । एनपीएलको पहिलो सिजनको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो । एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र जनकपुर बोल्ट्स सहभागी हुनेछन् ।