Skip to main content

महाशिवरात्री, धनगढीको शिवपुरी धाममा दर्शनार्थीको घुुईचो (फोटोफीचर)

Submitted by editor on
शिवराज भट्ट
महाशिवरात्री

धनगढी : महाशिवरात्रीका अवसरमा सुदूरपश्चिमभरी शिवालयहरुमा दर्शनार्थीहरुको घुुईचो लागेको छ । अछामको बैद्यानाथ धाममा १४ वर्षपछि आयोजना गरिएको कोटीकोमको आज समापन भईरहेको छ भने धनगढीको बेहडाबाबा धाममा हेलिकप्टरबाट पुुष्प वर्षा गरिएको छ ।

बेहडाबाबा धाममा आजै सवा दुुई करोड दीप प्रज्वलनको कार्यक्रम पनि रहेको छ ।

धनगढीका शिवपुरी धाममा पनि विहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ । धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा दर्शनाथीहरुको भीड लागेको हो ।

शिवपुरी उत्तररामेश्वरम ज्योर्तिलिंग धाम ब्यवस्थापन समिति महाशिवरात्रीको अवसरमा खटिएको छ । ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको परिकल्पना अनुसार शिवपुरी धाममा करोडौंका संरचना बनेका छन ।

धाम ब्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टलेदर्शनार्थीहरुलाई सहजै दर्शनको ब्यवस्थापन मिलाईएको बताए ।

शिवपुरी धाम, लोकानन्द स्वामीको परिकल्पनाबाट २०७० साल देखि दाताहरुको दानबाट मात्र निर्माण भएको हो । धाममा करोडौंका संरचना दानदातब्यबाट निर्माण भएका छन । १०८ फिटको शिवलिंग धामको मुख्य आकर्षण हो ।