Skip to main content

कर्णाली पुलमा चैत ३ गतेसम्म आवागमन बन्द, सात जना प्राविधिकको टोली मर्मतमा

Submitted by editor on
शिवराज भट्ट
चैतको ३ गतेसम्म बन्द

धनगढी : सुदूरपश्चिम र लुम्बीनि प्रदेश जोडने कर्णालीको पुल चैतको ३ गतेसम्म बन्द  हुने भएको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले पुलको मर्मत गर्नुपर्ने भएकाले चैतको ३ गतेसम्मका लागि पुलमाथिको आवागमन रोकेर सहयोग गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेका छन ।

‘हामीले जिल्ला प्रशासन कार्यालयहरुलाई चैतको ३ गतेसम्मका लागि पुलको आवागमन बन्द रहने जानकारी गराईसकेका छौं’ कर्णाली पुलको क्षेत्राधिकार रहेको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले भने ।

उनले पुलको सर्पोट डोरी (लठ्ठा) हरुको परिक्षण गर्दा उसको भार क्षमतामा खासै फरक नपरेपनि पुलको भुुई बिग्रेको बताए । ‘पुल निरिक्षण बाहनबाट परिक्षण गर्दा प्रारम्भीक नतिजा अनुसार सपोर्ट डोरीहरुको भार क्षमतामा खासै फरक परेको देखिदैन । 

तर पनि हामीले विभागका सिनियर ईन्जिनियरहरुलाई त्यसको सबै डाटाहरु पठाएका छौं । माथिबाट पनि त्यसको विश्लेषण हुन्छ’ शाक्यले भन । 
कर्णाली पुलको पूर्वतिरको भागमा सोमबार लाईटर बोकेको से ५ ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । आगलागीपछि पुल माथिको आवागमन सोमबार देखि नै बन्द छ । पुलमाथि आवागमन बन्द भएपछि सोमबार देखि टीकापुर बर्दियाको हुलाकी राजमार्गलाई बैकल्पीक मार्गका रुपमा प्रयोगमा ल्याइएको छ ।

पुलको मर्मतका लागि पुल महाशाखा काठमाण्डौंका सिनियर डिजिभनल ईन्जिनियर कृष्णराज अधिकारीको नेतृत्वमा ४ जना प्राविधिकको टोली मंगलबार नै कर्णाली पुुगेको थियो । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्य नेतृत्वको ३ जना प्राविधिकको टोली घटना भएकै दिनबाट चिसापानीमै रहेको छ । मंगलबार हेवि ईक्वेपमेन्ट बुटबलबाट पुल निरिक्षण बाहन बोलाएर हरेक सपोर्ट डोरीको भार क्षमता मापन भईरहेको छ । चिसापानी पुल एउटा पिलरमा बनेको नमूना पल हो ।