Skip to main content

शैक्षिक भ्रमणमा गएको सुदूरपश्चिम विश्वविद्यालय एमविएका विद्यार्थी चढेको हाईस दुर्घटना

Submitted by editor on
ईबिगुल संवाददाता
शैक्षिक भ्रमणमा गएको सुदूरपश्चिम विश्वविद्यालय एमविएका विद्यार्थी चढेको हाईस दुर्घटना

धनगढी : शैक्षिक भ्रमणमा रहेको सुदूरपश्चिम विश्वविद्यालय  एमविए संकाय पहिलो सेमेष्टरका विद्यार्थी र शिक्षक चढेको हाईस बर्दियामा दुर्घटना भएको छ । 

शैक्षिक भ्रमण सकेर शुक्रबार साँझ बर्दियाको बबई रिसोर्टमा जान लागेको सुप ०२ ००१ ज ४४७ नम्बरको हाईस र विपरित दिशाबाट आईरहेको लु२ ख ५७५३ नम्बरको बस बर्दियाको भुरीगाउँ बजारमा एकापसमा ठोक्किए पछि दुर्घटना भएको हो । 

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का बिनोद भट्ट, पियुस पाण्डे र जयन्त राज जोशी र नाम खुल्न नसकेका एकजना घाईते भएका छन । भट्ट, पाण्डे र जोशीलाई भेरी अस्पताल नेपालगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक नबराज शाहीले बताए ।

घाईते ४ जना मध्ये बिनोदलाई बढी चोट लागेको छ । उनको हात र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । नाम नखुल्न सकेका घाईते भुरीगाउँमै उपचारमा रहेका छन । उनको अवस्था सामान्य भएकाले नाम नसोधिएको प्रहरीले जनाएको छ ।