डडेल्धुराः डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ परेका छन् । जिल्ला अदालत डडेल्धुराबाट सो मुद्दामा दोषी ठहर तर फरार पर्शुराम नगरपालिका–१२ जोगबुढाका ५० वर्षीय काले कामी पक्राउ परेका हुन् ।
बाल यौन दुव्र्यवहार मुद्दामा ३ महिना कैद सजाय, ५ हजार जरिबाना र १० हजार क्षतिपुर्ती तोकिएका उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।