धनगढी ः नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरेको छ ।
उनलाई ३४ ग्राम ब्रोउन सुगर सहित महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । शाहु लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेको प्रहरीलाई सूचना थियो । उनी यसअघि पनि लागुपदार्थ ओसारपसारमा कञ्चनपुर कारागार बसिसहेका ब्यक्ति हुन ।
प्रहरीले दिएको जानकारी अनुसार उनी बढीजसो काठमाण्डौंमा बस्ने गर्छन । एक÷दुुई महिनामा उनी महेन्द्रनगर आउछन । महेन्द्रनगर आएका बेला उनले भारतबाट ब्राउन सुगर ल्याएर महेन्द्रनगर देखि काठमाण्डौं सम्मका युवाहरुलाई बिक्रि गर्छन ।
उनको भारतको उधमसिह नगर जिल्लाको नानकमत्ताका ब्राउन सुगर कारोबारीसँग ‘कनेक्सन’ छ । सञ्जुबाबा नाम गरेका नानकमत्ताका कारोबारीबाट उनले बुुधबार ३४ ग्राम खैरो हिरोईन किनेर ल्याएका हुन ।
‘हामीलाई उनी महेन्द्रनगर आएको खबर आएको थियो । हाम्रो टीम उसको खोजीमा हिड्यो । बुधबार उ बनबसातिर गएको थियो । उसले बुधबार नै नानकमत्ता गएर ब्राउन सुुगर ल्याएको रहेछ । हामीले महाकाली नदी किनारको भाईरल रोड क्षेत्रमा उसलाई ढुकीरहेका थियौं । उ आयो, हामीले उसको पिछा ग¥यौं, बसपार्क आसपासमा एक पटक त उ गायब भयो तर हामीले उसलाई पक्राउ गर्न सफल भयौं’ अप्रेशन कमाण्डर प्रहरी बरिष्ठ नायव निरिक्षक केशव जोशीले भने ।
उनले भारतको सीमा क्षेत्रमा ब्राउन सुगरका कारोबारीहरु बढेपछि नेपाल प्रहरीले पक्रिन नसक्ने बताए । ‘हामीले नेपाली सीमामा मात्र पक्रिन सक्ने हो, त्यसको भरपूर प्रयास गरिरहेका छौं’ जोशीले भने ।
पछिल्लो समय भारतका सीमा शहरहरुमा ब्राउन सुुगरका कारोबारी बढिरहेका छन । बनबसा, खटिमा, नाकमत्ता, गौरीफन्टा, पलियाकला, बेलौरी पारीको सीमा क्षेत्रमा कारोबारीहरु बढिरहेका हुन ।
भारतमा १५÷१६ सय भारुको एक ग्राममा पाउने ब्राउन सुगर नेपालमा आएपछि १० हजार ग्राम सम्म विक्रि हुने गरेको छ । १० मिलिग्रामको एक ‘डोज’ बनाउने र नेपाली युवाहरुबीच त्यो ‘डोज’ एक हजार नेपाली रुपैयाँमा विक्रि हुने गरेको छ ।
पक्राउ परेका शाहुको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उसबाट बरामद मोबाईलका आधारमा नेपालका अरु कारोबारी पनि पक्राउ गर्न सकिने प्रहरीले जनाएको छ ।