Skip to main content

सुदूरपश्चिमका २० स्थानमा एकै दिन सल्क्यो डढेलो

Submitted by editor on
ईबिगुल संवाददाता
सुदूरपश्चिमका २० स्थानमा एकै दिन सल्क्यो डढेलो

धनगढी : सुदूरपश्चिममा एकैदिन २० स्थानमा डढेलो लागेको छ । प्रदेशका ६ जिल्लामा शनिबार एकैदिन २० स्थानमा डढेलो लागेको हो । सबैभन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ । 

डोटीमा पनि ६ स्थानमा डढेलो लागेको छ। त्यस्तै अछाममा तीन, बझाङमा दुई, बैतडीमा एक र कैलालीमा एक स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागअन्तर्गतको डढेलो पहिचान तथा अनुगमन प्रणालीमा रेकर्ड भएको छ ।

तर नियन्त्रणका प्रयास भने निकै फितलो छ । डढेलोका कारण पछिल्लो समय वायु प्रदूषण पनि उच्च भएको छ । वातावरण विभागका अनुसार वायु प्रदूषण कम हुन पानी पर्नुपर्छ । तर अझै पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

वातावरण विभागका अनुसार केही दिनयता वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स–एक्यूआई मापन बढ्न थालेको छ । विहिबार भीमदत्त (महेन्द्रनगर)को एक्युआई ६४ मापन भएको थियो । चालु आर्थिक सुरु भएता दुई सय १३ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट दुई सय ३७ परिवार प्रभावित बन्न पुगेका छन् ।