Skip to main content

बैतडीमा पहिलो पटक टी–१० भेट्रान खसी कप क्रिकेट प्रतियोगिता हुने

Submitted by editor on
सहभागी हुने टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका हुनुपर्नेछ ।
ईबिगुल संवाददाता
क्रिकेट

बैतडी : बैतडीमा पहिलोपटक टी–१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिका २ देहिमाडौंमा रहेको निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजना हुने प्रतियोगिता जेठ ३१ गते सुरु हुनेछ । 

प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । सहभागी हुन चाहने टोलीले जेठ २९ गतेसम्म दर्ता गरिसक्नुपर्ने र खेलतालिका जेठ ३० गते सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी, ट्रफी र प्रमाणपत्र पाउनेछन । सहभागी हुने टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका हुनुपर्नेछ ।