प्रदेश समाचार
अर्थमन्त्री थापालाई सुदूरपश्चिमको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
धनगढी : सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हालेका छन्।
सेती अस्पतालको तेस्रो तलाबाट हाम फाले मृगौला पीडित बिरामीले
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाले छतबाट हाम फालेका छन्।प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो… विस्तृतमा
सूचिबाट सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव हटाइयो
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ।
जन्डिसको सुई लगाएको दुई मिनेटमै कैलालीका निरजको मृत्यु
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।
लागूऔषधसहित कैलालीबाट ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
नेता तथा कार्यकर्ता पार्टी एकतालाई लिएर उत्साहित
धनगढीः आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा… विस्तृतमा
कैलालीमा सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफैले तालिमका क्रममा पड्काएको बमको खाली खोका रहेको खुलासा
धनगढीः कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ।
घोडाले हानेर धनगढीमा बालिका घाइते
धनगढीः धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन्।
देशभर आज आमाको मुख हेर्ने पर्व मनाइँदै
धनगढी : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
काठमाडौँको आन्दोलनमा शिक्षकबाटै कुटिए धनगढीका शिक्षक जोशी
काठमाडौं : काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार : को को जाँदैछन भारत भ्रमणमा ?
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाने भएको छ । शनिबार मुख्यमन्त्री शाहले भारत भ्रमणका बारेमा पत्रकार सम्मेलन गरी… विस्तृतमा
Pagination
- Previous page
- Page 33
- Next page