Skip to main content

जापानमा बस्ने नेपालीले ल्याएको ‘रहरैमा’ चर्चामा

Submitted by editor on
ईबिगुल संवाददाता
रहरैमा

काठमाडौँ : जापानमा बस्ने नेपालीले ल्याएको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज गीत रहरैमा यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो  । 

पछिल्लो समय तिजको छेको पारेर  भड्किला गीतहरू  आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको  तिज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो ।  उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् । 

जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीत मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तिजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तिज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन । 

कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ, तुलसा सापकोटा, अविरल अधिकारी, इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।