Skip to main content

दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र सञ्चालनमा

Submitted by editor on
ईबिगुल संवाददाता
दार्चुलाको गोकुलेश्वरमा खोलिएको गेटा आँखा अस्पतालको २३ औं आँखा उपचार केन्द्र ।

धनगढी ः नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले सुदुरपश्चिमको दार्चुला जिल्लाको गोकुलेश्वरमा २३ औं आँखा उपचार केन्द्र खोलेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकासँगको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा दार्चुलाका शैल्यशिखर नगरपालिकामा आँखा उपचार केन्द्र खोलिएको हो ।


शैल्यशिखर नगरपालिका, लेकम, मार्मा, नौगाड गाउँपालिका र बैतडी जिल्लाको डिलाशैनी गाँउपालिकाका आँखाका विरामीहरुलाई लक्षित गर्दै उनीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न उपचार केन्द्र सञ्चालन गरिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले जानकारी दिए 


उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचार चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने गेटा आँखा अस्पतालले जनाएको छ ।


उपचार केन्द्रको शैल्यशिखर नगरपालिका नगर प्रमुख विजय सिंह धामी र नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णु दत्त जोशीले गरेका थिए ।  कार्यक्रममा गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले आँखा रोगको वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकाश पारेका थिए ।


सुदूरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पु¥याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत यस प्रदेशका ९ वटै जिल्लामा २३ वटा शाखाहरुबाट नियमित उपचार सेवा प्रदान गर्दै आएको छ ।