Skip to main content

सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश प्रदेश सभामा टेबुल

Submitted by editor on
ईबिगुल संवाददाता
बहादुर सिह थापा

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन आज (आईतबार)बाट सुरु भएको छ । प्रदेश प्रमुख नजिर मियाले आईतबार २ बजे प्रदेश सभाको पाचौं तथा हिउदे अधिवेशन आहवन गरेका थिए । 

आईतबारको प्रदेश सभा बैठकमा ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ टेबुल भएको छ । आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले असार १ गते सदनमा प्रस्तुत भएको बजेट निस्कृय भएकाले कर संकलनको कार्य बन्द भएकाले, सो सुचारु गर्नका लागि अध्यादेश ल्याईएको बताए ।

उनले सदनमा अध्यादेश ल्याउनुको कारण सहित अध्यादेश टेबुल गरेका हुन । विहीबार बसेको मन्त्रीपरिषदको बैठकले ‘सुदूरपश्चिम सामयीक कर संकलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेपछि सोही दिन प्रदेश प्रमुख नजिर मियाले प्रमाणीकरण गरेका थिए ।

अध्यादेश प्रमाणिकरण भएर राजपत्रमा प्रकाशित भएपछि शुक्रबार देखि नै प्रदेशमा कर संकलनको कार्य सुरु भईसकेको छ । प्रदेश सभाको अर्को बैठक मंगलबार दिउसो ३ बजे बोलाइएको छ ।