Skip to main content

मोटरसाईकल दुर्घटनामा परि पत्रकार विष्ट घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
 प्रेम विष्ट

धनगढी : प्रेस चौतारी कैलालीका सहसचिव तथा पत्रकार प्रेम विष्ट मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन । 

शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–२ स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रीत हुँदा बिष्ट घाइते भएका हुन । उनको बाँया हातमा चोट लागेको छ ।

विष्टको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको पारिवारीक स्रोतले जनाएको छ । उनी इ–टाईगर न्युज डटकमका प्रवन्ध निर्देशक एवं कार्यकारी सम्पादक हुन् ।