Skip to main content

डोटी जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा

Submitted by editor on
खगेन्द्रबहादुर सिंह
डोटी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

डोटी ः डोटी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ चालु आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रुपमा घोषणा भएको छ ।


डोटीका सबै पालिका घोषणा गरे पश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो । डोटी जिल्लालाई २०७५ जेठ १९ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता घोषणा गएिको थियो, सोहि बर्षदेखि प्रत्येक बर्ष निरन्तर घोषणा गरिदै आएको छ ।


कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर जगदिश जोशीले नेपालमा संचालन भयरहेका जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्ये खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको बताए ।


पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिकाहरु जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उप–संयोजक एवं जिल्ला समन्वय समितिकी उप–संयोजक स्मृति चुनारा विकले बताइन । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिह खड्काले सत्रै स्वास्थ्यकर्मीहरुको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका करुणाधार बच्चाहरुले सहि समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए ।