Skip to main content

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाद्वारा तीजको अवसरमा शुभकामना ब्यक्त

Submitted by editor on
ईबिगुल संवाददाता
नजिर मियाँ

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पु¥याइरहेको बताएका छन् ।

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नारीहरूमा  शुभकामना सन्देश व्यक्त गर्दै उनले  सुख शान्ति, समृद्धि र सु–स्वास्थ्य एवम् दीर्घायु तथा अटल सौभाग्यको पनि कामना गरेका छन् ।

तीजले एकता र सामाजिक सद्भाव बढाइरहेको प्रदेश प्रमुखको भनाइ छ ।  ‘धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको हरितालिका तिज पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण संवर्द्धन र विकासमा टेवा पुराउनुको साथै समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण योगदान पुराएको छ भन्ने मैले विश्वास लिएको छु’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

देशका हरेक क्षेत्रमा  महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक, एकता तथा पारिवारिक प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने समेत प्रदेश प्रमुख मियाँले विश्वास व्यक्त गरेका छन् ।