Skip to main content

माओवादी र समाजवादीद्वारा संसद बैठक बहिस्कार, संविधान विपरित प्रतिस्थापन विधेयक ल्याएको आरोप

Submitted by editor on
ईबिगुल संवाददाता
संसद बहिस्कार

धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सोमबारको संसद बहिस्कार गरेका छन । उनीहरुले काँग्रेस एमालेको सरकारले संविधान विपरित नयाँ बजेट ल्याउन लागेको आरोप लगाउदै संसद बहिस्कार गरेका हुन । 

सोमबार ३ बजे बसेको  प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट बक्तब्यसँग सम्बन्धित विनियोजन विधेयक २०८१ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ फिर्ता लिने र आर्थिक वर्ष २०८१÷८२ को राजश्व तथा ब्ययको वार्षिक अनुमान (बजेट) परिवर्तित र परिमार्जन गरी सभामा प्रस्तुत गर्ने कार्यतालिका थियो ।

सदनको कारवाही प्रारम्भ हुने वित्तिकै माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले उभीएर विरोध गरे । सभामुख भीम बहादुर भण्डारीले आफ्ना कुरा राख्न मनुमति दिएपछि  पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले बर्तमान सरकारले संविधान र ऐन कानून मिचेर नयाँ बजेट ल्याएकाले विरोध भएको बताएका थिए ।

सदनमा उभीएर विरोध गरेपछि २० मिनेटका लागि सदन स्थिगित गरिएको थियो । त्यसपछि पुनः बसेको प्रदेश सभाको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता मान बहादुर धामीले पनि नयाँ सरकारले ल्याएको बजेटको विरोध जनाउदै सदन बहिस्कार गरेका थिए । माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरु नाराबाजी गर्दै सदन बहिस्कार गरि बाहिरिएका छन । 

माओवादी र समाजवादी बाहिरिएपछि सभामुख भण्डारीले कार्यसूची अनुसार सदनको कारवाही अगाडी बढाएका छन । सदनमा असार १ गते प्रस्तुत भएको बजेट फिर्ता भएको छ भने आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले नयाँ बजेट प्रस्तुत गरिरहेका छन ।