Skip to main content

कैलालीको गेटा अस्पतालमा स्तनको क्यान्सर (मेमोग्राफी) जाँचसेवा सुरु

Submitted by editor on
अस्पतालले मेमोग्राफी मेसिन जडान गरेसँगै हरेक हप्ताको सोमबार र विहीबार स्तर क्यान्सरको जाँच हुने जनाएको छ ।
ईबिगुल संवाददाता
मेमोग्राफी)

धनगढी : कैलालीको गेटा अस्पतालमा भोलीदेखि स्तनको क्यान्सर (मेमोग्राफी) जाँचसेवा सुुरु भएको छ । अस्पतालले मेमोग्राफी मेसिन जडान गरेसँगै हरेक हप्ताको सोमबार र विहीबार स्तर क्यान्सरको जाँच हुने जनाएको छ । 

अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए । उनले कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने बताए । अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजैन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने जनाएको छ ।

‘अहिले हामीले विरामी भर्ना लिन थालेका छौं तर अहिलेसम्म भर्ना भएको छैन । हामीले ईन्डोर वार्डमा स्वास्थ्यकर्मीको ड्युटी खटाई सकेका छौ’ निर्देशक सापकोटाले भने । गेटा अस्पतालमा ओपिडिका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भईसकेका छन । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ ।

विरामी भर्ना हुनका लागि ईमरजैन्सी सेवा प्रमुख हो । तर ईमरजैन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले ईमरजैन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक सापकोटाले बताए । ‘ईमरजैन्सी वार्ड तयार छ, ईमरजैन्सी नजिकै अध्याधुनीक अप्रेशन थिएटर पनि सेटअप भईसक्यो’ उनले भने ।

स्विकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन मानि रहेका छैनन । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भईरहेको छ ।