Skip to main content

राप्रपा सांसद खीमादेबी विष्टले प्रदेश सरकारलाई चोर भनेपछि ...

Submitted by editor on
ईबिगुल संवाददाता
सरकारलाई चोर भनेपछि

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ । भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो । छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खीमा देब विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका हुन ।

‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभीत्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं । यो बजेट कहाँबाट आयो, कसरी आयो ? सरकारलाई बताई दिन आग्रह गर्दछु’ बजेट माथिको छलफलका क्रममा प्रदेश सभा विष्टले भनिन ।

यती मात्रै होईन, उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि लगाईन । ‘राजनीति भनेको समाजसेवा हो भन्ने थाहा पाएको थिए । तर  राजनीति भनेको पेशा रहेछ, घुस खाएर योजना बेच्ने रहेछ, कमिशनमा योजना बेच्ने रहेछ, भन्न मिल्छ की मिल्दैन, प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि भनेका चोर रहेछन’ विष्टले भनिन ।

विष्टले बोल्दा बोल्दै एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले उनको चोर सब्द प्रति नियमापत्ती जनाउदै उक्त चोर सब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरे । सभामुख भीम बहादुर भण्डारीले पनि उक्त सब्दमाथि छानविन गरेर आवश्यक परे संसदको रेकर्डबाट हटाउने आश्वासन दिएका थिए ।