Skip to main content

देशभरी वर्षाले वितण्डा, आज पनि देशैभरी भारी वर्षा हुने, सर्तक रहन मौसमविज्ञान विभागको अनुरोध

Submitted by editor on
ईबिगुल संवाददाता
अधिकांश स्थानमा मेघ गर्जन चट्याङ्गसहित पानी परिरहेको

काठमाडौं : देशभर मनसुनी वायुका साथै  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अधिकांश स्थानमा मेघ गर्जन चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर पानी पर्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुने र यी प्रदेशका थोरै स्थानमा मुसलधारे पानी पर्ने महाशाखाले जनाएको छ । आज देशको तराई क्षेत्रमा हावाहुरी आउने जनाइएको छ ।

आज राती पनि देशैभर वर्षा हुने जनाइएको छ  । बागमती, गण्डकी, लुम्बिनी, मधेश र कर्णाली प्रदेशका केही ठाउँमा भने राती पनि भारी वर्षा हुनेछ । 

आइतबार पनि देशभर मनसुसनी वायु सक्रिय रहने भएकोले देशभर नै पानी पर्ने बताइएको छ  । आइतबार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा तथा गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरी आउने उल्लेख छ  ।

आइतबार राती भने कोशी, बागमती र गण्डकी प्रदेशका एक– दुई स्थानमा  मेघ गर्जन÷चट्याङ्ग सहित सामान्य पानी पर्ने र अन्यत्र पानी पर्न कम हुने जनाइएको छ ।

सोमबार पनि सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
देशभर भइरहेको भारी वर्षाका कारणले आउने सक्ने जोखिमबाट जोगिन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।