Skip to main content

वातावरणको चिन्तागर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा सून्य सहभागिता

Submitted by editor on
अध्यक्ष वा संयोजक नै नतोएिको नागरिक समाजको नाममा ३९ जनाले हस्ताक्षर गरेर धनगढी पार्कमा बन्ने संरचनाले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने भन्दै २०ं८१ को असारमै ठेक्का सम्भौता भईसकेको निर्माण कार्य रोक्न ज्ञापन बुुझाएका थिए ।
शिवराज भट्ट
‘हरित धनगढी

धनगढी : धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्नुपर्ने भन्दै शुक्रबार नागरिक समाज नाम दिएको एक समूहले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन बुझाए । ज्ञापन पत्रमा धनगढीको पार्कमा भईरहेको संरचना निर्माणले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने उल्लेख थियो । 

तर त्यही समूहका कुनैको पनि ‘हरित धनगढी’ अभियानमा सहभागिता सून्य देखिएको छ । वातावरणको चिन्ता जताउदै २०८१ सालको असार १७ गते झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता भईसकेको विरेन्द्र–ऐश्वर्य उद्यान (धनगढी पार्क) निर्माण रोक्ने मागगर्ने नागरिक समाज भनिएको समूहले ज्ञापन बुझाएको थियो ।

धनगढी उपमहानगरपालिकासँग ईविगुल डटकमले मागेको ‘हरित धनगढी’ अभियानका अभियन्ताहरुको नामावलीमा पार्क निर्माण रोक्नुपर्छ भनेर ज्ञापन बुुझाउने मध्येका कसैको पनि हरित धनगढी अभियानमा सहभागिता देखिदैन । शुक्रबार धनगढीको नागरिक समाज भन्दै प्रेमराज भण्डारी सहितका ३९ जनाले धनगढीको पार्क निर्माण रोक्नुपर्ने मागगर्दै मेयर गोपाल हमाललाई ज्ञापन बुझाएका थिए ।

अध्यक्ष वा संयोजक नै नतोएिको नागरिक समाजको नाममा ३९ जनाले हस्ताक्षर गरेर धनगढी पार्कमा बन्ने संरचनाले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने भन्दै २०ं८१ को असारमै ठेक्का सम्भौता भईसकेको  निर्माण कार्य रोक्न ज्ञापन बुुझाएका थिए ।

हेर्नुस, ज्ञापनपत्र र हस्ताक्षरकर्ताहरुको नामावली 
धनगढी उपमहानगरपालिकाले उक्त स्थानमा ५ सय जनालाई स्टार्टअप विजनेसका माध्यमबाट रोजगारी दिईने योजना बनाएको छ । डिपिआर अनुसार सहरी विकास तथा भवन निर्माण विभागले पार्क निर्माणका लागि पहिलो चरणमा पौने ९ करोडको ठेक्का सम्झौता गरिसकेको छ । 

नेशनल÷पवन जेभीसँग २०८१ असार १७ गते निर्माणका लागि सम्झौता भएको हो भने उसलाई २०८३ को बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम सक्नेगरी सम्झौता भएको छ । 

धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो । धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण कार्यको असोज १ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले सिलान्यास पनि गरिसकेका छन । 

उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ । उद्यान निर्माणको ठेक्का पाएको कम्पनीले त्यसभीत्र निर्माण सामाग्री राखिसकेको छ भने उसले निर्माणका पिलरहरु बाँध्ने काम पनि सुरु गरिसकेको छ । 

धनगढी उपमहानगरपालिकाले २०७९ सालको फागुनबाट उपमहानगर क्षेत्रमा ट्रीगार्ड सहित बृक्षारोपण कार्यक्रम सुरु गरेको थियो । उक्त हरियाली धनगढी अभियानमा जावलाखेल डिस्ट्रीलरी र सूर्य नेपालले ५०÷५० लाख सहयोग गरेको थियो । उक्त अभियानमा  नवजीवन कोअपरेटिव लिमिटेडले १० लाख रकम सहयोग गरेको थियो ।

धनगढीलाई वातावरणमैत्री बनाउने उक्त अभियानमा धनगढीभीत्र र बाहिरका गरी २८० जनाको सहभागिता छ । ट्रीगार्ड सहितको प्रत्येक विरुवामा आफ्नो ब्यापार प्रवर्धन गर्न सकिने, आफन्तको सम्झनामा सन्देश लेख्न सकिने र हरेक विरुवा बराबर ५ हजार तिर्नुपर्ने प्रावधान रहेको छ । तर धनगढी पार्क निर्माण रोक्नका लागि ज्ञापन बुझाउनेहरुको भने ‘हरित धनगढी’ अभियानमा सहभागिता देखिएको छैन ।

‘हरित धनगढी’ अभियानका अभियन्ताहरुको नामावली हेर्नुस ।

Document

२०७९ सालको फागुन यता मात्रै उपमहानगरपालिकालाई एक करोड ६६ लाख भन्दा बढी रकम धनगढीलाई हरियो बनाउन संकलन भईसकेको  उपमहानगरपालिको जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए । उपमहानगरपालिकाले उक्त रकमबाट ११ हजार ३ सय विरुवा रोपिसकेको छ । ‘धनगढी पार्क निर्माण गर्दौ वातावरण विग्रीने, बनस्पतीय प्रभाव पर्ने जस्ता तर्क गर्दै ज्ञापन बुझाउनेहरुको हरियाली धनगढीमा सहभागिता देखिएन’ मेयर गोपाल हमालको सचिवालयका एकजना अधिकारीले भने ।

उपमहानगरपालिकाले हालै मात्र धनगढी–५ स्थित निसर्ग अस्पतालदेखि दाहाल चोकसम्म ट्री–गार्डसहित वृक्षारोपण गरेको छ । सो सडक किनारको पैदल मार्गमा ५० वटा विरुवा ट्री–गार्डसहित वृक्षारोपण गरेर सँगसँगै संरक्षण गर्ने काम समेत भइरहेको उपमहानगरले जनाएको छ । 

धनगढी उपमहानगरलाई पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन बन्द गरिएको छ । उपमहानगरपालिकाले बृक्षारोपणका लागि बृक्षारोपण नभई रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकता अनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्नेगरेको जनाएको छ ।

उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरिसकेको जनाएको छ ।