Skip to main content

नवजीवन अस्पतालद्वारा एकल महिलाको दुई लाख उपचार खर्च मिनाहा

Submitted by editor on
ईबिगुल संवाददाता
नवजीवन अस्पताल

धनगढी : डोटीको जोरायल गाउपालिकामा घास काटदा घाईते भएकी महिलाको नवजीवन अस्पताल धनगढीले निशुल्क उपचार गरेको छ । डोटीको जोरायल गाउपालिका वडा नम्बर ५ की ७८ वर्षिया मन्सरा देबी खडायत असोजको ६गते घाँस काटने बेला घर आसपासकै ढाँडीखोला बनमा चिप्लिएर घाईते भएकी थिईन । 

उनको बाँया खुट्टामा गम्भिर चोट लागेको थियो । तीन दिनपछि अथवा असोज ८ गते नवजीवन अस्पताल धनगढी पुगाईएकी महिलाको घुँडामुनीको खुट्टा नै काटनुपरेको छ । नवजीवन अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले श्रीमान नभएकी एकल जेष्ठ नागरिक र घरको आर्थिक अवस्था कमजोर भएकाले उनको सम्पूर्ण उपचार खर्च मिनाहा गरिएको बताए । उनको उपचारका २ लाख खर्च भएको थियो । ढुंगाना नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष पनि हुन ।

‘आर्थिक अवस्था एकदमै नाजुक रहेछ, जेष्ठ नागरिक, त्यसैमा एकल महिला पनि भएकाले अस्पतालले उनको उपचारमा लागेको २ लाख रकम मिनाहा गरेको हो’ नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष समेत रहेका अस्पतालका अध्यक्ष ढुंगानाले भने ।

हाडजोर्नी विषेशज्ञ डाक्टर बिदुरमणी ढकाल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले महिलाको घुँडामुनीको खट्टुाको सल्यक्रिया गरेको थियो । ती महिला आईतबार डिस्चार्ज भएकी छिन । अस्पतालले निशुल्क उपचार गरेपछि उनका छोरा कुमार खडायतले अस्पताल परिवार र चिकित्सक टोलीललाई धन्यवाद दिएका छन । कुमार पनि अपांग छन । 

‘मेरो आर्थिक हैसियतले यत्ती धेरै रकम तिर्न सक्ने थिएन, अस्पतालका अध्यक्ष ज्युले आमाको उपचारमा सहयोग गर्नु भएको छ । अस्पताललाई धन्यबाद दिन चाहन्छु’ कुमारले भने ।