धनगढीः मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ । डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा उनको दुर्घटनामा परि मृत्यु भएको थियो ।
बुधबार विहान १० बजेदेखि सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको हो । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम बहादुर भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरे ।
श्रद्धाञ्जली दिन प्रदेश प्रमुख देबराज जोशी, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र सिह रावल, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका मन्त्रीहरु, नेपाली सेनाका पृतनापती, धनगढी नगरपपालिकाका मेयर, उपमेयर सहित सैयौंको सहभागिता रहेको छ ।
सिहको शव आजै हेलिकप्टरबाट बझाङ लगिने भएको छ । दुर्घटनामा उनकी श्रीमती अमृता सिंह र भाउजु जयदेवी सिंहको पनि मृत्यु भएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।