Skip to main content

बाजुरामा उपाध्यक्ष पदका लागि पाँच जनाको उमेदवारी

Submitted by editor on
ईबिगुल संवाददाता
 ५ वटा दलले उम्मेदवारी दर्ता

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि  ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । 

नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट  पुल्तिसरा शाही, नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो । 

मैना स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।