बाजुरा : सुदूरपश्चिममा पनि उप–निर्वाचनको चहलपहल बढेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष र अरु चार जिल्ला दार्चुलाको दुहुु, कञ्चनपुरको भीमदत्त नगर, बझाङको सुर्मा गाउपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकामा वडाध्यक्षको निर्वाचनको चहलपहल बढेको हो ।
स्वार्मीकार्तिक खापर गाउपालिकाको उपाध्यक्ष निर्वाचनका लागि तीन पार्टीबीच प्रतिष्पर्धा हुने भएको छ । एमालेबाट सुलोचन कुमारी भण्डारी बुढा, नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र नेकपा एकीकृत समाजवादीबाट जवा शाहीबीच प्रतिष्पर्धा हुने भएको हो ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले उमेदवारी फिर्ता लिएपछि तीन जनाबीच प्रतिष्पर्धा हुने भएको हो । बाजुरामा सत्ताको नेतृत्व सम्हालिरहेको पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।
प्रतिपक्षमा रहेको माओवादी केन्द्रले उप निर्वाचनमा एमालेलाई सघाउने सहमति गरेको एमालेका प्रदेश सचिव रण बहादुर चन्दले बताए । माओवादीबाट उम्मेदवार बनेकी राजु कुमारी विकले उमेदवारी फिर्ता लिएर एमाले उमेदवार जिताउन प्रचारप्रसारमा हिडेको सचिव चन्दले बताए ।
बाजुरामा आ–आफ्नो उमेदवारलाई जिताउन पार्टीका ठुला ठूला नेता खटिएका छन । एमाले उमेदवारलाई जिताउन स्थाई कमिटि सदस्य कर्ण थापा, केन्द्रिय सदस्य तथा बाजुरा ईञ्चार्ज लाल बहादुर थापा, प्रतिनिधि सभास दस्य दयाल बहादुर शाही, केन्द्रिय सदस्यहरु प्रकाश बहादुर शाह, सहदेव बोगटी, प्रदेश कमिटि उपाध्यक्ष कालि बहादुर शाही र प्रदेश सचिव रण बहादुर चन्द खटिएका छन ।
यस्तै काँग्रेस उमेदवार पुल्तीसरा शाहीको प्रचारमा पार्टीका सहमहामन्त्री जीवन परियार, पूर्व प्रदेश प्रमुख देबराज जोशी, पूर्व राज्यमन्त्री जनक गिरि, महासमिति सदस्य तथा प्रदेश सभा सदस्य जुना दानी सहितका नेताहरु बाजुरा खटिएका छन ।
यस्तै नेकपा एसकी उमेदवार जवा शाहीको प्रचारका लागि पोलिटब्युरो सदस्य हिक्मत शाही, पोलिट ब्युरो सदस्य नरेश बहादुर शाही, केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज अज बहादुर मल्ल बाजुरा खटिएका छन ।
२०७९ मा उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् । मंसिर १६गतेको निर्वाचनमा ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन ।