काठमाडौँ : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आज (बिहीबार) दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । एमालेले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ ।
यसअघिको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई निष्काशन गरेको थियो । पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै रावललाई एमालेबाट निष्काशन गरेको थियो ।