Skip to main content

मन्त्री सिंहको शव चैनपुर नगर परिक्रमा गराईदै (फोटो फिचर)

Submitted by editor on
ईबिगुल संवाददाता
मन्त्री सिंहको शव चैनपुर नगर परिक्रमा गराईदै (फोटो फिचर)

बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको शवयात्रा सुरु भएको छ । दुबैजनाको शव चैतपुर नगरपरिक्रमा गरिदै छ । मंगलबार दुर्घटनामा परेर ज्यान गुमाएका दुबै जनालाई देश बाहिर रहेका छोराका लागि जिल्ला अस्पतालमा राखिएको थियो ।
मन्त्री सिंह दम्पत्तीको पार्थिव शरिरलाई शनिबार जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर घाट डुंग्रीमा अन्त्येष्टी गरिनेछ ।
मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि आज अन्त्येष्टि गरिन लागिएको नेपाली कांग्रेस पूर्व पार्टी सभापति हर्क जंगबहादुर सिंहले बताए ।
डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ ।