Skip to main content

भीम रावल नेतृत्वको जागरण अभियानमा संलग्न अछामका पाँच नेता एमालेबाट निष्कासित

Submitted by editor on
ईबिगुल संवाददाता
भीम रावल

धनगढीः अछामका पाँच नेता एमालेबाट निष्कासित भएका छन् ।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा संलग्न भएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश समिटी सदस्य र सल्लाहकार परिषद्मा रहेका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

प्रदेश सल्लाहकार परिषद् सदस्य हर्क कुँवर र लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंग बहादुर विक, दुधकला बिष्ट र केशर मियाँ रहेका छन् । उनीहरु पाँचै जना अछामका हुन्। उनीहरुले विधान विपरीतका कार्यमा संलग्न भएको भन्दै सचिवालय बैठकद्वारा कारबाही गरिएको एमाले प्रदेश सचिव रणबहादुर रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।