Skip to main content

ललिता निवास जग्गा प्रकरणमा मीनबहादुर गुरुङसहित सात जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
अजवि पौड्याल
अजवि पौड्याल

काठमाडौं, ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित सात जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, कलाधर देउजा, गोापल कार्की, सुरेन्द्र कपाली र भुपेन्द्रमान श्रेष्ठ रहेका छन्। शाह पूर्व निर्वाचन आयुक्तसमेत हुन्।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले ललिता निवास प्रकरणमा उनीहरू पक्राउ परेको जानकारी दिए। उनीहरूलाई म्याद थपका लागि आजै सरकारी वकिलको कार्यालयमा पेस गर्ने भएको छ। म्याद थपिएपछि आवश्यक अनुसन्धान सुरु हुने प्रवक्ता कठायतको भनाइ छ।

भाटभटेनीका सञ्चालक गुरुङ २०७७ माघ २१ गते दुई करोड धरौटीमा रिहा भएका थिए।

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। अन्नपूर्ण पोस्टबाट