धनगढीः कैलालीको एक कुखुरा फर्ममा आगलागी भएको छ । गौरीगंगा नगरपालिका १० उदासीपुर बस्ने ४० वर्षीय धन सिह भण्डारीको कुखुरा फर्ममा मंगलवार आगलागी भएको हो ।
आगलागी हुँदा फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामान गरी अन्दाजी मुल्य रु.१ लाख ५७ हजार ३ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।