Skip to main content

आन्तरिक राजस्व कार्यालय धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने

Submitted by editor on
ईबिगुल संवाददाता
आन्त्रिक राजस्व कार्यालय
आन्त्रिक राजस्व कार्यालय

धनगढी : आन्त्रिक राजस्व कार्यालय, धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०८१ को दफा २२ अनुसार करमा छुट दिइने भएको हो ।

आन्तरिक राजस्व कार्यालय, धनगढीले आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० मा कर लाग्न आयआर्जन गरेका भएपनि स्थायी लेखा नम्बर नभएका व्यक्तिलाई २०८१ को फागुन मसान्तसम्म कर निःशुल्क गरेको हो ।

गत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्मको लाग्ने शुल्क तथा ब्याजमा मिनाहाको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । फागुन महिना पछि भने उनीहरूले ब्याजसहितको शुल्क कार्यालयमा बुझाउनुपर्ने छ ।

आर्थिक वर्ष २०८०/८१ सालको हकमा उक्त सुविधा नरहेको कर कार्यालयले जनाएको छ । आर्थिक ऐन, २०८१ को दफा २४ मा मूल्य अभिवृद्धि करको विवरण पेस नगर्ने करदातालाई फागुनसम्मका लागि सुविधा दिइएको छ ।

२०८० सालसम्मको मूल्य अभिवृद्धि कर पेस नगरेका र करमा दर्ता नभएकाहरूले मूल्य अभिवृद्धि कर र ५० प्रतिशत व्याजको रकम २०८१ फागुन मसान्त भित्र बुझाउदा जरिबाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा गरिएको हो । तर, २०८० साउन महिना देखिको भने सबै रकम तिर्नुपर्ने छ ।