Skip to main content

लागूऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाह स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २६ वर्षका कृष्ण राना, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २७ वर्षीय महेश राना र कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने १८ वर्षीय किशोरी पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १.९१ ग्राम लागू औषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।