Skip to main content

अटोको ठक्करबाट कैलालीमा पैदल यात्री एक महिलाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

धनगढीः कैलालीमा अटोको ठक्करबाट पैदल यात्री एक महिलाको मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका(६ स्याउले स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको म १ ह ८५८ नम्बरको अटोले बुधवार साँझ ८ बजे सोही दिशा तर्फ जादै गरेकी पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षकी लक्ष्मी ढुङगाना र २२ वर्षकी मिना ढुङगानालाई पछाडीबाट ठक्कर दिएपछि घाईते भएका थिए।

घाइते दुबै जनालाई भल्का अस्पताल लम्की, कैलाली हुँदै मेडिकल कलेज कोहलपुर, बाँके लगिएकोमा उपचारको क्रममा राति १०ः२० बजेलक्ष्मी ढुङगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मिना ढुङगाको सोही अस्पतालमा उपचार भईरहेको जनाइएको छ। अटो र अटो चालक सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।