Skip to main content

बाजुराको बुढीगंगा नगरपालिकाले मानवसेवा आश्रम भवनको एक कोठा निर्माण गरिदिने

Submitted by editor on
ईबिगुल संवाददाता
मानवसेवा

धनगढी  ः मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले बुधबारदेखि पशुपति टोलमा सुरू भएको श्रीमद भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा दान गर्नेहरूको उत्साहजनक सहभागिता देखिएको छ । 

महायज्ञमा बिहीबार एकैदिन  ६ जना मनकारी दाताहरूले भवनको एक कोठा निर्माणको लागि दान गर्नुभएको छ । बुढीगंगा नगरपालिका बाजुराले मानवसेवा आश्रम धनगढी शाखाको भवनको एक कोठा निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । धनगढी उपमहानगरपालिका–२ निर्माण व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठीले स्वर्गीय बुवा मदनसिंह सेठीको स्मृतिमा भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार रूपैयाँ दान गरेका छन ।

उनकी श्रीमती रमा स्वाँर सेठीले पनि स्वर्गीय बुवाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरको स्मृतिमा एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेकी छन ।

धनगढी उपमहानगरपालिका– २ माया मेट्रो अस्पताल प्रा.लिका सञ्चालक धिरेन्द्र साउँदले स्वर्गीय हजुरबुवा दानबहादुर साउँद र हजुरआमा मिनादेवी साउँद र स्वर्गीय ठूलीआमा चम्पादेवी साउँदको स्मृतिमा  ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गरेका छन ।

धनगढी उपमहानगरपालिका– ४ निवासी पदम भण्डारीले स्वर्गीय बुवाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीको स्मृतिमा भवनको एक कोठा निर्माण सहयोगार्थ ६ लाख ५१ हजार दान गरेका मानवसेवा आश्रमले जनाएको छ ।

त्यस्तै धनगढी उपमहानगरपालिका– ४ बसपार्क निवासी थिरबहादुर स्वाँर÷शिल्पादेवी स्वाँरले भवनको एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार दान गरेका छन । धनगढी उपमहानगरपालिका– ५ निवासी सिद्धराज भट्टले पनि भवन एक कोठा निर्माणका लागि ६ लाख ५१ दान गरेका छन ।

धनगढी उपमहानगरपालिका–३ निवासी सोम ढकाल÷पद्मा ढकालले निर्माणका लागि ५५ हजार ५ सय ५५, धनगढी उपमहानगरपालिका–४ निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूको स्मृतिमा वृद्धभत्ताको ५१ हजार ५ सय ५५ रूपैयाँ दान गरेका छन । 
धनगढी उपमहानगरपालिका– ११ का कृतिका उपाध्यायले ५ हजार १ सय ५५ रूपैयाँ, उद्यमीशील आमा समूहद्वारा भवन निर्माण सेवाका लागि १५ हजार ५ सय ५५ रूपैयाँ योगदान भएको छ । 

मानवसेवा आश्रमले धनगढी –५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरिरहेको छ । यस शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सेवा गर्दै आएको छ ।

मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरीय भवनको धनगढी उपमहानगरपालिका– १५ उर्मीमा २ विगाह जग्गामा निर्माण कार्य सुरु भइसकेको छ । मानवसेवा आश्रमले धनगढी शाखाको भवन निर्माण गरी सेवाको स्थायित्वको लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गरेको हो ।  बुधबारदेखि सुरू भएको महायज्ञ माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।