Skip to main content

अवैध काठसहित कैलालीमा ३ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
अवैध काठ

धनगढीः कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–७ मटकौनाबाट ५७ दशमलव शुन्य ८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए ।

उनीहरुले  ६८ हजार ४९६ मुल्य बराबरको काठ गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको डीएसपी बोहराले बताए । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ ।