धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–२ वनदवी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय राजेश शर्मा, २२ वर्षीय आरिफ अन्सारी र धनगढी उपमहानगरपालिका–३ बस्ने २० वर्षीय तुसार गुप्ता पक्राउ परेका हुन् । तीनै जनालाई १ ग्राम ६४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।