Skip to main content

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अधिवेशन फागुन १६ गते हुने

Submitted by editor on
ईबिगुल संवाददाता
उद्घाटन समारोह

धनगढी : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको अधिवेशन आगामी फागुन १६ गते हुने भएको छ । प्रदेश समितिको बैठकले कैलालीको धनगढीमा दोस्रो अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

महासचिव शिवराज भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट अधिवेशनका लागि १२० जना सहभागी हुने छन् । उद्घाटन समारोहमा प्रदेश समितिले गतवर्ष स्थापना गरेको कर्ण बोहरा स्मृती पत्रकारिता पुरुस्कार २ जना क्रियासील पत्रकारहरुलाई प्रदान गर्ने जनाएको छ भने २ वटा उत्कृष्ट शाखाहरूलाई सम्मान गरिने छ । 

अधिवेशन तयारीको लागि  प्रदेश अध्यक्ष कृष्ण ओलीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । चौतारीको नेतृत्वका लागि नेताहरु धनगढी केन्द्रित हुन थालेका छन ।