Skip to main content

बन्यजन्तुको अखेटोपहारसहित कञ्चनपुरमा एक महिला पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 बन्यजन्तुको अखेटोपहार

कञ्चनपुरः कञ्चनपुरमा  बन्यजन्तुको अखेटोपहारसहित एक महिला पक्राउ परेकी छिन्।

जिल्लाको बेलौरी नगरपालिका–७ सिमपुर स्थित प्रमोद डगौराको घरमा अवैध बन्यजन्तुको अखेटोपहार रहेको छ भन्ने गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलीले शुक्रवार प्रमोद डगौराको घरमा खानतलासी गर्दा चितुवाको  सानो, ठुलो छाला ४ थान, जरायोको सानो, ठूलो सिंङ ४ थान, बदेलको बङ्गारा २ थान, बन्यजन्तुको सानो खुट्टा ३ थान, बन्यजन्तुको सानो बङ्गाराको टुक्राहरु ३ थान, फलामको चेन बाधेर बनाईएको फलामको पासो ३ थान, प्लास्टिकको डोरीले पासो थाप्न बनाईएको जाली ७ थानसहित प्रमोद डगौराको श्रीमती ४० वर्षीया शान्ती चौधरीलाई पक्राउ गरेको छ।

शान्तीलाई पक्राउ गरी अनुसन्धान भईरहेको र प्रमोद डगौराको खोज तलास भईरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। ।