Skip to main content

टीकापुर र कैलारीबाट भन्सार छलीका सामान बरामद

Submitted by editor on
भन्सार छली

धनगढीः कैलालीको टीकापुर र कैलारीबाट  भन्सार छलीका सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका–९ बालुवाटार, कैलारी गाउँपापालिका–४ के गाउँ र कैलारी गाउँपापालिका–५ बन्दरगौडीबाट भन्सार छलीका जेन्स कुर्ती, लेडिज कुर्ती, गम्छा, धोती, दोपट्टा, ब्लाउज, सेतो कपडा, पानि तान्ने मोटर, अबिर, पटाका, सिद्रा माछा लगायतका सामान बरामद गरिएको छ।

भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४९ हजार ७ सय बराबरको सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।