Skip to main content

मुख्यमन्त्री शाहको दाबी ‘यसै वर्षदेखि गेटामा चिकित्सा शिक्षाको पढाई हुन्छ’

Submitted by editor on
७ अर्वका भौतिक पुर्वाधार बनिसकेको गेटामा शहीद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्याय सञ्चालन सम्बन्धि विधेयक प्रतिनिधि सभाबाट पनि पास भएपनि मेडिकल शिक्षा अध्यापनको बाटो खुलेको हो ।
ईबिगुल संवाददाता
मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा सञ्चालन हुने शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसैवर्ष देखि चिकित्सा शिक्षाको पढाई हुने बताएका छन । शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ गठन भएको संघर्ष समितिले ज्ञापनपत्र बुझाएपछि मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

‘सबैको सहयोग र समर्थनले विज्ञान विश्वविद्यालयको विधेयक पारित भएको छ । यसै वर्षदेखि चिकित्सा शिक्षाको अध्यापन हुने तयारी गरिएको छ’ उनले भने । ‘विश्वविद्यालयमा बजेटका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु देउवा, यस क्षेत्रका अरु नेताहरुसँग पनि कुरा भएको छ । यसपाली गेटामा चिकित्सा शिक्षाको अध्यापन हुन्छ’ उनले भने ।

७ अर्वका भौतिक पुर्वाधार बनिसकेको गेटामा शहीद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्याय सञ्चालन सम्बन्धि विधेयक प्रतिनिधि सभाबाट पनि पास भएपनि मेडिकल शिक्षा अध्यापनको बाटो खुलेको हो । संघर्ष समिमिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापन बुझाएका थिए ।

ज्ञापनपत्रमा बजेटको मुखमा विश्वविद्यालय घोषणा भएकाले त्यसका पदाधिकारी नियुक्ति र यसै शैक्षिक शत्रदेखि चिकित्सा शिक्षा अध्यापनको माग गरिएको छ । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापन बुझाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल माफर्त ज्ञापन बुझाईएको हो ।