Skip to main content

बाजुरामा नेपाली सेनाको विपद पुर्वतयारी कृतिम अभ्यास

Submitted by editor on
पदमबहादुर सिंह
नेपाली सेना

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा नेपाली सेनाको दुर्गाभञ्जन गुल्मले  विपद ब्यवस्थापन सम्बन्धि कृतिम अभ्यास गरेको छ । सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धि  सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको समरजीत गुल्मका गुल्मपती धमेन्द्र सिंहले जानकारी दिए ।


आगलागी जस्तो विपद् घटना कसरी हुन्छ ? यसबाट कसरी बच्न सकिन्छ ? समयमा कसरी व्यवस्थापनगर्ने र राहत उद्धार गर्ने विषयमा अभ्यास गरिएको थियो । फायर फाइटिङ, माइनजोखिम सचेतना, ग्यास सिलिण्डर फायर सेफ्टी, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको थियो ।


दुर्गाभञ्जन गुल्मले आयोजना गरेको कार्यक्रमममा बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, जिल्ला अदालत बाजुराका न्यायाधीस लालकाजी श्रेष्ठ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी, लगाएत जिल्लाका सरकारी तथा गैर सकारी कार्यालयका प्रमुख प्रतिनिधिले विपद् व्यवस्थापन अभ्यास प्रदर्शनीबारे अवलोकन गरेका थिए ।