Skip to main content

हुम्लाकी सुत्केरीको बाजुरामा मृत्यु

Submitted by editor on
पदमबहादुर सिंह
सुत्केरीको मृत्यु

बाजुरा : बाजुराको कोल्टी प्रार्थमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएकी हुम्लाकी एक सुत्केरीको मृत्यु भएको छ । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका ५ डोप्क घर भएकी २३ बर्षिय अन्सु बुढाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । 


पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा छोरी पाएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि कोल्टी ल्याएका थिए । सुत्केरी भएको ११ दिन पछि वुढाको श्वासप्रश्वास सम्वन्धि समस्या देखिएको मृतकका ससुरा जीतबहादुर वुढाले बताए ।


सोमवार दिउसो स्वास्थ्य केन्द्र कोल्टी पु¥याएपनि उपचारका क्रममा वुढाको राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डक्टर रन्जीत शाहले बताए । सुत्केरीको आउने बेला नै अक्सिजनको मात्रा धेरै कम भईसकेको डाक्टर शाहले बताए ।


डाक्टर शाहले सुत्केरी अवस्थामा सामान्य तया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु्पर्ने भए पनि कोल्टी पुग्दा सुत्केरी वुढाको ४९ मात्रै रहेको बताए । सुत्केरी भएको ६ हप्तासम्म स्याहार गर्नुपर्ने भएपनि उनको स्याहार सुसारमा पनि कमि देखिएको उनले बताए । 


समयमै हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लैजान नसक्दा सुत्केरी वुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मी बताउछन । नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।